प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बर्जर पेन्ट्सको ५० लाख सहयोग
baahrakhari.com · Fri Sep 04 15:03:35 GMT 2026

काठमाडौं । बर्जर पेन्ट्स नेपालले रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि सहयोग गरेको छ । बर्जर पेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।
प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरिएको उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)