केन्द्रले भन्यो- पाठ्यक्रम परिमार्जन कार्यान्वयन गर्नू
nepalnews.com · Mon Aug 03 12:16:19 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले परिमार्जित पाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचना जारी गरेको छ। केन्द्रले पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को सिफारिस तथा मन्त्रालयको निर्णयअनुसार आधारभूत तहका विभिन्न कक्षाका पाठ्यक्रम परिमार्जन गरिएको जनाएको छ।
केन्द्रका पाठ्यक्रम अधिकृत कुमार घिमिरेद्वारा हस्ताक्षरित सूचनाअनुसार सामाजिक अध्ययन विषयअन्तर्गत कक्षा ४ देखि १२ सम्मका पाठ्यपुस्तक तथा कक्षा १-३ का परिमार्जित पाठ्यक्रम २०८२ र प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी परिमार्जित पाठ्यक्रम स्वीकृत भई लागु हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)