न्यून गुणस्तरको ४ हजार लिटर दूध नष्ट, दुई डेरीमाथि कारबाही
arthasansar.com · Mon Aug 03 12:22:13 GMT 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेरी उद्योगबाट ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ। विभागले बजार अनुगमनका क्रममा दुईवटा खाद्य उद्योगमा कैफियत फेला पारेपछि कारबाही प्रक्रिया अघि बढाएको हो। उजुरीका आधारमा गरिएको आकस्मिक अनुगमनका क्रममा भक्तपुरस्थित जय शम्भु डेरी उद्योग प्राइभेट लिमिटेडको दूध न्यून गुणस्तरको फेला परेपछि ४ हजार लिटर दूध नष्ट गरिएको छ ।
विभागका अनुसार भक्तपुर नगरपालिका–८ लिवालीस्थित डेरी उद्योगमा गरिएको अनुगमनका क्रममा संकलन गरिएको दूधको नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्डभन्दा कम गुणस्तरको पाइएको थियो। परीक्षण प्रतिवेदन अनुसार उक्त दूधमा फ्याट २.४ प्रतिशत र एसएनएफ ७.८ प्रतिशत मात्र भेटिएको थियो, जुन निर्धारित मापदण्डभन्दा न्यून हो । गुणस्तरहीन दूधले उपभोक्ताको स्वास्थ्यमा असर पार्ने भन्दै विभागले उक्त उद्योगको ४ हजार लिटर दूध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)