ग्यासकाे सङ्कट चुलिएपछि मुख्यमन्त्री शाहीले गरे सम्बद्ध निकायसँग छलफल
ratopati.com · Mon Aug 03 16:05:31 GMT 2026

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खाना पकाउने ग्यासकाे सङ्कट चुलिएपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले सम्बद्ध निकायसँग छलफल गरेका छन्। सोमबार आयल निगमकाे सुर्खेतका अधिकारी, उपभोक्ता हित निर्देशनालयका अधिकारी र निजी क्षेत्रका अधिकारीहरूलाई बोलाएर उक्त विषयमा जानकारी लिएका हुन्।
आयल निगमका अधिकारीले विगत भन्दा खाना पकाउने ग्यासकाे आपूर्ति धेरै नै भएको रिपोर्ट सुनाएका थिए । उनीहरूका अनुसार, यसअघि पुस महिनासम्म २०-२२ हजारसम्म खाना पकाउने ग्यासकाे सिलिन्डर खपत हुने गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)