समुद्र तटमा युक्रेनी ड्रोन आक्रमण, बालबालिकासहित ७ जनाको मृत्यु भएको रुसको दाबी
ratopati.com · Mon Aug 03 16:41:44 GMT 2026

काठमाडौँ । दक्षिण–पश्चिम रुसको एउटा व्यस्त समुद्र तट (बीच) मा भएको युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा ३ बालबालिकासहित ७ जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् ।
उक्त ड्रोन समुद्र तटमा खस्नुअघि त्यसलाई आकाशमै रोकिएको (इन्टरसेप्ट गरिएको) थियो वा थिएन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । विभिन्न रिपोर्टहरूका अनुसार सो ड्रोनको निशाना समुद्र तटभन्दा करिब ४० किलोमिटर टाढा रहेको रुसी नौसैनिक अखडा हुन सक्थ्यो । बीबीसी ले यस घटनासँग सम्बन्धित भिडियोको सत्यतथ्य जाँच गरेको छ । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एउटा आकृति समुद्रमा खसिरहेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)