याडिया नेपालद्वारा तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने घोषणा
ictsamachar.com

काठमाडौं । विश्वकै नम्बर १ विद्युतीय दुईपांग्रे सवारी साधन ब्रान्ड याडिया (YADEA) को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ ।
कम्पनीले अत्याधुनिक प्रविधियुक्त GS70, GT70 र GT80 मोडेलका विद्युतीय स्कुटरहरू चाँडै नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको हो । नयाँ सिरिजको आगमनले नेपालमा स्मार्ट, दिगो तथा भरपर्दो विद्युतीय यातायातलाई प्रवर्द्धन गर्ने याडियाको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)