देशभर डेंगी संक्रमितको संख्या २ हजार २५ पुग्यो
lokaantar.com

सन् २०२६ को जुलाई ३१ सम्मको अवधिमा देशभर डेंगी संक्रमितको संख्या २ हजार २५ पुगेको छ । यो संक्रमण मुलुकका ७७ मध्ये ७२ जिल्लामा फैलिसकेको छ भने हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत विवरण अनुसार कोशी प्रदेश डेंगीबाट सबैभन्दा बढी प्रभावित बनेको छ । कुल संक्रमितमध्ये २८ प्रतिशत अर्थात् ५६८ जना कोशी प्रदेशमा मात्रै रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)