विराटनगरका उद्योगी–व्यवसायीको आपत्ति: ‘आधारहीन सूचनाका भरमा छापा मार्ने प्रवृत्तिले निजी क्षेत्र त्रसित’
aarthiknews.com

विराटनगर । विराटनगरका उद्योगी तथा व्यवसायीका चार प्रमुख संगठनले एक प्रतिष्ठित व्यावसायिक घराना देवेन्द्र गुप्ताको घर तथा व्यवसायमा नेपाल प्रहरीले गरेको लामो समयको छापाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरूले अपर्याप्त सूचनाका आधारमा गरिएको कारबाहीले निजी क्षेत्रलाई त्रसित बनाएको, राज्य र निजी क्षेत्रबीचको विश्वास कमजोर बनाउने तथा आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्राप्त सूचनाका आधारमा छापा मारे पनि कुनै गैरकानुनी वस्तु वा प्रमाण फेला नपरेको प्रहरीकै विज्ञप्तिबाट देखिएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)