नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
annapurnapost.com · Mon Aug 03 16:02:31 GMT 2026

काठमाडौँ : नबिल बैंकले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ। हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरे। त्यस अवसरमा बैंकका सञ्चालक समितिका सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो।
उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी, उनीहरूका अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालालाई लक्षित गरी एजुकेशन हब सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ। उक्त हबबाट बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)