बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा भदौ २६ सम्म
nagariknews.nagariknetwork.com · Fri Sep 04 15:26:30 GMT 2026

एनसेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढाएको छ। अब उक्त सेवा भदौ २६ गतेसम्म उपलब्ध हुनेछ।
यसअघि भदौ १० गतेदेखि तीन दिनका लागि निःशुल्क सेवा घोषणा गरेको एनसेलले त्यसपछि अवधि थप गर्दै भदौ १९ गतेसम्म पुर्याएको थियो। खोज, उद्धार, राहत तथा प्रभावित नागरिकबीच सहज सञ्चारका लागि सेवा थप गरिएको एनसेलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)