तिलकसिंह पेलाकाे आवाजमा आयाे ‘देउसरा आईगै’
shilapatra.com · Thu Sep 21 17:35:00 GMT 2023
गायक तथा संगीतकार तिलकसिंह पेलाकाे आवाजमा नयाँ गीत सार्वजनिक भएकाे छ । मानसखण्डीय भाषा, संस्कृति झल्काउने ‘देउसरा आईगै’ बाेलकाे गीत पेलाको आफ्नै युट्युब च्यानल मा बिहीबार सार्वजनिक भएकाे हाे । गीतकार हेमन्त विवशले रचना गरेकाे गीतमा संगीत गायक पेलाकै रहेकाे छ ।
गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरेकाे देखिन्छ । मानसखण्डीय सभ्यताले हाल भारतको गढवाल, कुमाउँदेखि काली कर्णालीको उद्गम मानसरोवरसम्मको कला संस्कृति, परम्परालाई जनाउने पेलाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)