नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान
baahrakhari.com · Fri Sep 04 15:54:21 GMT 2026

काठमाडौं । नेपालसहित जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेका राष्ट्रहरूलाई न्यायका लागि ४४ राष्ट्रहरूले सामूहिक आह्वान गरेका छन् ।
भोटेकोसी बाढीले निम्त्याएको विपद्मा दुःख व्यक्त गर्दै ४४ अल्प विकसित मुलुकहरूले नेपालप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । ''हालै हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमपहिरो तथा चट्टान खसेर आएको भीषण बाढीका कारण धेरै धनजनको क्षति भएकोमा नेपालका जनताप्रति हार्दिक संवेदना तथा ऐक्यबद्धता प्रकट गर्दछौँ,'' उनीहरूले भनेका छन्,''अल्पविकसित देशहरूमा हानि र नोक्सानी सम्बोधनका लागि अनुदानमा आधारित स्रोतहरूसहित गुणस्तरीय जलवायु वित्तमा सहज र अभिवृद्धि पहुँचको आवश्यकता छ।''
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)