प्रधानमन्त्री मोदीलाई अपशब्द बोलेकी नाबालिगविरुद्ध दिल्ली पुलिसले एफआईआर अघि नबढाउने
ratopati.com · Mon Aug 03 20:41:40 GMT 2026

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपशब्द प्रयोग गरेको आरोप लागेकी एक १५ वर्षीया नाबालिग बालिकाविरुद्ध दर्ता भएको एफआईआरलाई अघि नबढाउने निर्णय दिल्ली पुलिसले गरेको छ । गत महिना नयाँ दिल्लीको जन्तर–मन्तरमा भएको ‘ककरोज जनता पार्टी’ को प्रदर्शनका क्रममा ती बालिकाले प्रधानमन्त्री मोदीविरुद्ध अपशब्द बोलेकी थिइन्, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
यसअघि, प्रधानमन्त्री मोदीले जन्तर–मन्तर प्रदर्शनका क्रममा आफूलाई गाली गर्ने ‘भड्किएका बालबालिकाहरू’ लाई माफ गरिदिनुपर्ने अभिव्यक्ति दिएका थिए । गल्तीको महसुस भएपछि ती नाबालिग बालिकाले पनि एक भिडियो सार्वजनिक गर्दै माफी मागेकी छिन् । भिडियोमा उनले प्रदर्शनका क्रममा अरूको बहकावमा परेर त्यसो भन्न पुगेको र आफ्नो बोलीप्रति लज्जित रहेको भन्दै माफीको याचना गरेकी छिन् । उनले यसलाई आफ्नो जीवनको पहिलो र अन्तिम गल्ती भएको बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)