नेपाली सेनाद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण
ratopati.com · Sat Jul 04 02:30:18 GMT 2026

रौतहट । नेपाली सेनाले नागरिक–सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिकास्थित एक विद्यालयमा निर्माण गरिएको शौचालय हस्तान्तरण गरेको छ।
नेपाली सेनाको श्री नारायणदल गणले आफ्नो जिम्मेवारी क्षेत्रअन्तर्गत चन्द्रपुर नगरपालिका–२ जुडिवेलास्थित श्री आधारभूत विद्यालय, असनवामा अध्ययनरत विद्यार्थीहरूको सुविधा र स्वच्छ वातावरणमा अध्ययन गर्ने अधिकारलाई मध्यनजर गर्दै निर्माण गरेको महिला तथा पुरुष शौचालय शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन तथा हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)