हल्दीबारीमा वडा सङ्ख्या विस्तार गर्न माग
barnanmedia.com · Mon Aug 03 23:32:04 GMT 2026

यहाँको हल्दीबारी गाउँपालिकाले जनसङ्ख्या वृद्धि र प्रशासनिक सहजतालाई आधार मान्दै हालको पाँच वडा बढाएर सात वटा कायम गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने सम्बन्धमा गाउँपालिकामा आज सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलले वडा नं १ र २ लाई विभाजन गरी थप एक–एक वडा कायम गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)