माथिल्लो त्रिशूली-१ मा ६ जनाको शव भेटियो, रसुवागढीमा उपकरण नै पुर्याउन सकिएन
onlinekhabar.com · Fri Sep 04 16:11:08 GMT 2026

१९ भदौ, काठमाडौँ । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनामा शुक्रबार ६ जनाको शव फेला परेको छ । आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजीका क्रममा तालिमप्राप्त कुकुरकोसमेत सहायतामा ६ जनाको शव फेला परेको निजी ऊर्जा उत्पादकहरूको संस्था (इपान)ले जनाकारी दिएको छ । सल्लेटार एरियामा भेटिएका ती ६ शवहरू नेपाली सेनाले बट्टार ल्याएको छ ।
उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पाहरू, सर्च, ड्रोन टिम सक्रिय आयोजनाले जनाएको छ, भने विशेष क्यामेरा र तालिम प्राप्त कुकुर पनि सो क्षेत्रमा लगिएको छ । उद्धारका लागि कम्पनीले १५ वटा विभिन्न उद्धार गर्ने मेसिन तथा उपकरणहरू पुर्याइएको र भोलि आयोजनास्थलमा उद्धारलाई तीव्रता दिने कम्पनीले जनाएको छ । सुरुङमा भने वाटर पम्पको कार्य जारी राखिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)