पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
barnanmedia.com · Mon Aug 03 23:56:58 GMT 2026

जिल्ला प्रहरी कार्यालय पर्साले वालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन/प्रसारण गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले सोमबार ध्यानाकर्षण गराउँदै सबै सञ्चारमाध्यमलाई आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्यमात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले अनुसन्धान सम्पन्न नभएसम्म अपुष्ट र भ्रामक सामग्री प्रसारण नगर्न ध्यानाकर्षण गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)