भूमिहीन व्यवस्थापनका नाममा रकम असुल्ने व्यक्तिमाथि कानुनी कारबाही गर्ने सरकारको चेतावनी
nepalnews.com · Tue Aug 04 00:34:15 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
पछिल्लो समय केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने बहानामा सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको समितिले जनाएको छ। यस्ता गतिविधि गैरकानुनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि कुनै व्यक्तिलाई रकम नदिन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)