सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Tue Aug 04 00:31:52 GMT 2026

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ।
ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो। मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)