लक्ष्मीको मृत्यु शङ्कास्पद भन्दै माइती पक्षले गरे निष्पक्ष छानबिन र कारबाहीको माग
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शङ्कास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
पीडित माइती पक्षले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी लक्ष्मीको हत्या भएको दाबी गर्दै शीघ्र न्यायका लागि जोडदार अनुरोध गरेका हुन्। ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी खड्काको शव गत साउन ८ गते बिहान आफ्नै घरछेउको गोठमा झुन्डिएको अवस्थामा फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)