नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
corporatenepal.com · Tue Aug 04 00:52:19 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर (एनएस) चिह्न लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेकी छन् ।
उनले गुणस्तरीय स्वदेशी उत्पादनको विकास र बजार विस्तारका लागि एनएस चिह्नको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे । नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिह्नको दायरा विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)