रवि–स्वर्णिममाथि नै सुरक्षा निकायको निगरानी, पाँचै वर्ष बालेन प्रधानमन्त्री रहनु पर्ने प्रस्ताव
barnanmedia.com · Tue Aug 04 01:03:10 GMT 2026

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समूहबीच अविश्वास गहिरिँदै गएको छ। सरकार, संसद् र पार्टी सञ्चालनका विषयमा रवि र बालेन समूहले एक–अर्कालाई अविश्वास र आशंकाको नजरले हेर्न थालेका छन्। जुन साउन १३ को केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक रुपमै प्रकट भयो।
बैठकमा प्रस्तुत गर्न भनेर बालेन पक्षले आफ्नो समूहमा छलफल गरेर लिखित दस्तावेज नै तयार पारेको थियो, जुन केन्द्रीय सदस्य गणेश कार्कीले रास्वपा बैठकमा प्रस्तुत गरेका थिए। कार्कीले प्रस्तुत गरेको बालेन समूहको दस्तावेजमा चार वटा शीर्षकमा दुई दर्जन बुँदामा पार्टीभित्रको आन्तरिक मतभेद र शंकाका विषय समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)