लागुऔषध र नगद ५ लाखसहित २ जना पक्राउ
kendrabindu.com · Tue Aug 04 01:24:48 GMT 2026

काठमाडौं । बाँकेमा प्रहरीले नगद रु पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका-४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)