डेंगुको जोखिम पुनः तीव्र बन्दै, देशभरका ७२ जिल्लाका २,०२५ जनामा डेंगु
himalpress.com · Tue Aug 04 01:31:47 GMT 2026

काठमाडौँ- नेपालमा डेंगु संक्रमणको जोखिम पुनः तीव्र रूपमा बढ्न थालेको छ। स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार २०८२ पुसदेखि २०८३ साउन १५ सम्म देशभरका ७२ जिल्लाबाट २,०२५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।
महाशाखाले पाक्षिक रूपमा संक्रमणको अवस्था विश्लेषण गर्दै आएकोमा मनसुन सक्रिय भएसँगै संक्रमण दरमा वृद्धि देखिएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५६८ जना (२८५) र गण्डकी प्रदेशमा ५३२ जना (२६.३५) संक्रमित भेटिएका छन्। जिल्लागत आधारमा झापा (२०४ जना), बागलुङ (१८० जना), सुनसरी (१६१ जना), पाल्पा (११६ जना) र कास्की (११० जना) सबैभन्दा बढी प्रभावित मुख्य पाँच जिल्लाका रूपमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)