रुसी पर्यटकीय बीचमा युक्रेनी ड्रोन आक्रमण : ३ बालबालिकासहित ७ जनाको मृत्यु, ४० घाइते
nepalviews.com · Tue Aug 04 01:39:01 GMT 2026

एजेन्सी । दक्षिणी रुसको एक व्यस्त पर्यटकीय क्षेत्र (बीच) मा युक्रेनी ड्रोन खस्दा तीन जना बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन्।
रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्ड्रात्येभका अनुसार घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनले युक्रेनमाथि सर्वसाधारण नागरिकलाई लक्षित गरी नियोजित रूपमा आक्रमण गरेको आरोप लगाएका छन्। यद्यपि युक्रेनले यस घटनाबारे कुनै औपचारिक टिप्पणी गरेको छैन। दुवै पक्षले आम नागरिकलाई जानाजानी निशाना बनाएको अस्वीकार गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)