चितवनमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता, १२ करोड २२ लाख ठगी
shilapatra.com · Tue Aug 04 01:32:00 GMT 2026

चितवन जिल्लामा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ फिर्तासमेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिंक पठाएर ठगी गर्ने गरिएको उनले बताए । यस्तै, उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रूपमा २०० देखि लाखौँ रुपैयाँसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)