बेवारिसे बन्यो द्रुत बस सेवा
gorkhapatraonline.com · Mon Mar 23 23:57:27 GMT 2026

सरकारी निकायको दैनिक निगरानीमा उत्साहकासाथ सुरु भएको द्रुत बस सेवा हाल सरकारी निकायकै बेवास्तामा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाइमा अढाई वर्षअघि रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सुरु भएको थियो । केही महिना विभागले निगरानी गरे पनि हाल विभाग यो सेवाप्रति आफैँ बेखबर छ ।
एम्बुलेन्स सरहको ट्राफिक सुविधासहित छुट्टै सडक लेनको व्यवस्था गरी २०८० असोज ३ गतेबाट द्रुत बस सेवा सञ्चालन भएको थियो । ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि नमुना अभ्यासका रूपमा सुरु भएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर रत्नपार्कको शान्तिवाटिकाबाट द्रुत बस सेवा सुरु गर्नुभएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “तत्कालीन मन्त्री प्रकाश ज्वालाको सक्रियतामा लोकप्रियता कमाउन सेवा सुरु गरिएको थियो तर मन्त्री पद गएपछि सरकारी निकायको सव्रिmयता पनि सँगै गयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)