चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन
lokaantar.com

चितवन जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उनले बताए । यस्तै, उपहार दिने भन्दै पनि ठगी गर्ने गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेका छन् । सामान्य रूपमा रु २०० देखि लाखौँ रुपैयाँसम्म ठगी भएको उजुरी आउने गरेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)