लाइभ शोमै निदाइन् न्युज एंकर, भिडियो भाइरल
lokaantar.com

लाइभ टेलिभिजनमा काम गर्ने एंकरहरूलाई प्रायः क्यामरा अगाडि सधैँ सक्रिय र पूर्ण तयारीका साथ उपस्थित हुनुपर्ने दबाब हुन्छ। तर क्यामरा पछाडिको कडा मेहनत र थकान भने दर्शकले देख्न पाउँदैनन्। अमेरिकामा एक न्युज एंकरसँग पनि यस्तै घटना घटेको छ, जहाँ लाइभ शो चलिरहेको बेला उनी केही पलका लागि आँखा बन्द गरेर आराम गरिरहेको अवस्थामा देखिएकी हुन्।
क्यामरामा कैद भएको यो सानो पल हेर्दाहेर्दै सामाजिक सञ्जालमा भाइरल भयो। तर यसपटक मानिसहरूले एंकरको आलोचना गर्नुको साटो उनको काम र कडा मेहनतको खुलेर तारिफ गरेका छन्। बिहानको शिफ्ट, पारिवारिक जिम्मेवारी र निरन्तर कामको दबाबलाई मध्यनजर गर्दै उनलाई जज गर्नुको सट्टा सबैले साथ दिनुपर्ने आवाज प्रयोगकर्ताहरूले उठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)