अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था
nepalviews.com · Tue Aug 04 02:14:56 GMT 2026

काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार उपत्यका, कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सडकहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। काठमाडौँ र ललितपुरलाई जोड्ने तथा उपत्यका बाहिरिने वैकल्पिक मार्गहरू पहिरोका कारण ठप्प छन्। ललितपुरको बागमती गाउँपालिका-३, पाण्डुरमा पहिरो खसेका कारण कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ भने काठमाडौँको नागार्जुन नगरपालिका-८ स्थित ठुलो खोलामा पहिरो जाँदा सितापाइला-धार्के सडक खण्ड पनि पूर्ण रूपमा रोकिएको छ।
कोशी प्रदेशका भोजपुर र इलाममा पनि सडक अवरोध देखिएको छ। भोजपुर नगरपालिका-५, बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी रूपमा मात्र सुचारु छ, यद्यपि त्यहाँ वैकल्पिक बाटोको व्यवस्था गरिएको छ। त्यसैगरी, इलाम नगरपालिका-९, राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि त्यहाँ वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)