इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
ratopati.com · Fri Jun 12 17:23:08 GMT 2026

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि कोषाध्यक्ष पदमा मात्रै निर्वाचन सुरु भएको छ । अन्य पदाधिकारीहरूमा सहमति जुटे पनि कोषाध्यक्ष पदमा कुरा नमिल्दा शुक्रबार राति अबेरदेखि मतदान प्रक्रिया अघि बढेको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सदस्य पदहरूमा भने आपसी सहमतिबाट नेतृत्व चयन भइसकेको छ । कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन पौडेल चुनावी मैदानमा छन् । यी दुई उम्मेदवारबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत नै निर्णय लिन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)