प्रदेश सरकारको पुँजीगत खर्च औसत ६१.३३ प्रतिशत, सबैभन्दा बढी कोशी प्रदेशमा ७२.२१ प्रतिसत खर्च
kendrabindu.com · Tue Aug 04 03:44:28 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष सातै प्रदेशको पुँजीगत खर्च औसत ६१.३३ प्रतिशत मात्र भएको छ। यो सोही अवधिमा भएको संघीय सरकारको पुँजीगत खर्चको तुलनामा भने बढी हो। गत वर्ष संघीय सरकारको पुँजीगत खर्च ४६.७९ प्रतिशत मात्रै छ। संघको तुलनामा प्रदेश सरकारको औसत खर्च केही बढी देखिए पनि सन्तोषजनक भने होइन।
संघीयता सुरु भएपछि प्रदेशहरूले विनियोजन गरेको पुँजीगत बजेटको औसत ५५–६० प्रतिशत मात्र खर्च गर्न सकेको विभिन्न अनुसन्धानले देखाएका छन्। यद्यपि पछिल्ला वर्षमा प्रदेशहरूको पुँजीगत खर्च कार्यान्वयनमा गिरावटको प्रवृत्ति देखिएको छ। गत भदौको जेन–जी आन्दोलन, त्यसैको आडमा २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन, नयाँ सरकार गठनलगायतले काम हुन नपाउनुलाई २०८२/८३ मा न्यून पुँजीगत खर्चको कारण मानिएको छ। तर गत भदौको जेन–जी आन्दोलन र प्रतिनिधिसभा निर्वाचनले प्रदेश सरकारलाई खासै असर नपारेकाले न्यून खर्चको बहाना त्यसलाई बनाउन नमिल्ने जानकार बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)