नचनी जंगली च्याउ खादा श्रीमानको मृत्यु, श्रीमती गम्भीर बिरामी
himalpress.com · Tue Aug 04 03:49:22 GMT 2026

बाजुरा- बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी भएकी छन्। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७, ढम्कनेका ५१ वर्षीय रामे थापा छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४ बजे रामे थापा र उनकी श्रीमती ५० वर्षीया नामसरी थापाले जङ्गली च्याउ खाएपछि बिरामी भएका हुन्। बिरामी दुवै जनालाई राति करिब ११ बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)