वेल्सले इन्फान्टिनोलाई चुनावमा नसघाउने
kendrabindu.com · Tue Aug 04 03:55:39 GMT 2026
लन्डन । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचनको समर्थन सार्वजनिक रूपमा फिर्ता लिने वेल्स पहिलो राष्ट्र बनेको छ। इन्फान्टिनोले ल्याएको विश्वकपसँगै आफ्ना प्रमुख प्रतियोगिताको सेयर बिक्री गर्ने विवादास्पद योजना असफल भएपछि वेल्सले उनलाई दिँदै आएको समर्थन सोमबार फिर्ता लिने निर्णय गरेको हो।
विशेष गरी महिला र पुरुष विश्वकप आयोजनाको जिम्मा निजी कम्पनीलाई दिएर फिफाले आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई सन् २०२७ को सुरुमा एकमुष्ठ २ करोड डलर प्रदान गर्ने प्रस्ताव ल्याएको थियो। सन् २०२७ देखि २०३० को अवधिका लागि यस्तो अनुदान बढाउन लागेको थियो। यस योजनाअनुसार निजी लगानीकर्तालाई पनि त्यस कम्पनीको सेयर किन्न अनुमति दिइने थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)