सिल्भा फेरि राष्ट्रपतिको उम्मेदवार
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । ब्राजिलको सत्तारुढ वर्कर्स पार्टी (पिटी) ले आगामी राष्ट्रपतीय निर्वाचनका लागि वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई औपचारिक रूपमा उम्मेदवार मनोनित गरेको छ। आइतबार आयोजित पार्टीको राष्ट्रिय महाधिवेशनले ८० वर्षीय लुलालाई चौथो कार्यकालका लागि चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो।
साओ पाउलोमा सम्पन्न महाधिवेशनले लुलासँगै वर्तमान उपराष्ट्रपति जेराल्डो अल्कमिनलाई पुनः उपराष्ट्रपतिको उम्मेदवारका रूपमा समेत अनुमोदन गरेको छ। अल्कमिन ब्राजिलियन सोसलिस्ट पार्टीका नेता हुन्। पिटीका अध्यक्ष एडिन्हो सिल्भाले पार्टीले उच्च निर्वाचन अदालतमा उम्मेदवारी दर्ताको प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)