३० हजार मेट्रिक टन ग्यास आयात, तर उपभोक्ता अझै लाइनमै, समस्या आपूर्तिमा कि वितरणमा ?
kalakarmi.com · Tue Aug 04 05:29:28 GMT 2026

काठमाडौं- पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरुको दावी छ । दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको दावी उद्योगीहरूले गरेका छन् । तर, आपूर्ति पर्याप्त देखिए पनि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका उपभोक्ता अझै ग्यासका लागि लाइन बस्न बाध्य छन् ।
नेपाल आयल निगमको टेकु स्थीत पुरानो कार्यालयमा दिनहुँजसो ग्यास साट्ने आउने उपभोक्ताको लामो लाइन छ । अन्य डिपो र पसलमा समेत ग्यास नपाइएपछि उपभोक्ता हैरान भएका छन् । ग्यास आयात र बजारमा देखिएको अभावबीचको अन्तरले अहिले मुख्य प्रश्न उठेको छ- समस्या ग्यास आपुर्तिको हो कि वितरण प्रणालीको ?
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)