सेयर बजारमा कहिल्यै घाटा नहुने राजेन्द्र खेतानका यी सूत्र, भन्छन्- अरुको पछि दौडिने प्रवृत्ति घातक
clickmandu.com · Tue Aug 04 05:13:04 GMT 2026

नेपालको राजनीतिमा आएको पछिल्लो फेरबदल र नयाँ जनादेशसहितको सरकार गठनसँगै आम नागरिक र निजी क्षेत्रमा एउटा ठूलो आशा पलाएको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण र द्रुत आर्थिक विकासको एजेन्डासहित गठन भएको यो सरकारले आगामी दिनमा लगानीको वातावरण कस्तो बनाउला भन्ने सर्वत्र चासो छ । प्रधानमन्त्रीको नेतृत्वमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूसँग भइरहेका निरन्तर छलफलले व्यावसायिक जगतमा केही उत्साह थपेको त छ, तर दशकौंदेखि अल्झिएका संरचनागत समस्याहरू समाधान होलान् कि नहोलान् भन्ने संशय अझै कायमै छ। यही पृष्ठभूमिमा, नेपालको व्यावसायिक इतिहासमा लामो विरासत बोकेका व्यवसायी राजेन्द्र खेतानसँग संवाद गरिएको छ। उनीसँग वर्तमान सरकारको कार्यशैली, निजी क्षेत्र र सरकारबीचको सम्बन्ध, लगानीका नयाँ क्षेत्र, पुँजी बजारको अवस्था र अर्थतन्त्रलाई गति दिने ठोस उपायहरूका बारेमा संवाद भएका छन्। प्रस्तुत छ, क्लिकमाण्डुका लागि विजय पराजुली ले उद्यमी राजेन्द्र खेतान सँग गरेको विशेष कुराकानी:
सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना जस्ता मागसहित युवा पुस्ताको आन्दोलनपछि नयाँ जनादेशसहितको सरकार बनेको छ । नयाँ सरकार बनेपछि देशमा लगानीको वातावरण बन्ने अपेक्षा गरिएको थियो । यसैबीच, असारको तेस्रो सातादेखि प्रधानमन्त्रीज्यूले उद्योगी-व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहनुभएको छ। विभिन्न क्षेत्रका व्यवसायीहरूसँग छलफल भइरहँदा लामो व्यावसायिक विरासत बोकेको तपाईंहरू जस्तो व्यवसायीलाई भने त्यो मञ्चमा देख्न पाइएन नि, किन होला ?
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)