ग्यासको कृत्रिम अभाव गर्नेलाई कारबाही
barnanmedia.com · Tue Aug 04 01:38:38 GMT 2026

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । विभागले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न ११ वटा उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कारबाही तथा आवश्यक निर्देशन जारी दिएको हो ।
केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किँरातीले केही दिनयता बजारमा देखिएको ग्यास अभावमा डिलर र उद्योगमा केन्द्रित अनुगमन सुरु गरेको जानकारी दिनुभयो । अनुगमनका क्रममा ग्यासको अभाव व्यापक भएको र अभावको कारण माग धेरै बढेको पाइएको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)