नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति अन्तिम चरणमा
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति कार्य हाल अन्तिम चरणमा पुगेको छ। करिब २० अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस राष्ट्रिय गौरवको आयोजनामा एशियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ। कुल ११३ किलोमिटर लम्बाइको यस राजमार्गलाई दुई खण्डमा विभाजन गरेर विस्तार कार्य अघाइएको छ।
सडक विभाग, आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार विभिन्न प्रशासनिक, प्राविधिक तथा वित्तीय चुनौतीहरूका बाबजुद पनि आयोजना अब सम्पन्न हुने चरणमा पुगेको हो। अन्तर–निकाय समन्वयको अभाव र निर्माण व्यवसायीको नगद प्रवाह व्यवस्थापनमा देखिएका कठिनाइहरूका कारण निर्धारित समयभन्दा केही ढिलाइ हुन पुगेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)