एनएमबि बैंकले कमायो ४ अर्बभन्दा बढी खुद नाफा
ratopati.com · Tue Aug 04 05:50:58 GMT 2026

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ऐतिहासिक सफलता हासिल गरेको जनाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आफ्नो इतिहासमै पहिलोपटक ४ अर्ब रुपैयाँ खुद नाफाको उल्लेख छ ।
बैंकले गत आर्थिक वर्षको तुलनामा खुद नाफामा ४०.६ प्रतिशतको उत्साहजनक वृद्धि गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस आर्थिक वर्षमा त्यसलाई बढाएर ४ अर्ब १ करोड रुपैयाँ पुर्याएको हो। नाफासँगै बैंकको प्रतिफल दरहरूमा पनि उल्लेख्य सुधार देखिएको छ । जसअनुसार पुँजी प्रतिफल ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)