राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव
baahrakhari.com · Tue Aug 04 06:04:18 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार पूर्ववत् सात सदस्यीय नै कायम राख्न उपयुक्त हुने प्रस्ताव गरेको छ । मंगलबार (साउन १९) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले सञ्चालक समितिको संख्या र संरचनाका सम्बन्धमा सांसदले राखेका संशोधन प्रस्तावमाथि मन्त्रालयको धारणा स्पष्ट पारेका हुन् ।
सचिव उपाध्यायले प्रस्तावित नौ सदस्यीय सञ्चालक समितिभन्दा हाल कायम नै छरितो र प्रभावकारी हुने उल्लेख गरे । “माननीयज्यूहरूको सुझाव र मन्त्रालयको महसुसअनुसार सञ्चालक समितिलाई सात सदस्यीय नै राख्नु उपयुक्त देखिन्छ,” उनले भने, “यद्यपि, समितिलाई समावेशी बनाउन नियुक्त हुने तीनजना सदस्यहरूमध्ये एकजना महिला अनिवार्य गर्ने व्यवस्था गर्न सकिन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)