प्रदेश सरकारमै फाइल रोकिँदा धनगढीको अत्याधुनिक बसपार्क निर्माण अन्योलमा
rajdhanidaily.com · Tue Aug 04 06:14:08 GMT 2026

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशकै नमुना र चिनारीका रूपमा अत्याधुनिक बसपार्क निर्माण गर्ने योजना अघि बढाएको छ । तर आवश्यक जग्गा प्राप्तिको प्रक्रिया सुदूरपश्चिम प्रदेश सरकारमै रोकिँदा आयोजना अघि बढ्न सकेको छैन ।
उपमहानगरले वडा नम्बर ३ मा बसपार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार गरी सार्वजनिक गरिसकेको छ । प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गरेर जग्गा प्राप्तिका लागि पहल पनि गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)