गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा
arthadabali.com · Tue Aug 04 06:32:33 GMT 2026

काठमाडौं / गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न भएको ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । लामो समयदेखि स्थानीय अवरोध तथा ‘राइट अफ वे’ सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली थप गुणस्तरीय, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)