हर्मुजमा कार्गो जहाजमाथि आक्रमण, फेरि थपियो नयाँ चिन्ता
rajdhanidaily.com · Tue Aug 04 06:45:37 GMT 2026
कायरो । अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमणमा परेको रिपोर्ट सार्वजनिक भएको छ । घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलघाँटीको सुरक्षा र अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ ।
बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजलाई स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको थियो । निकायले जहाजको नाम, झण्डा वा त्यसले बोकेको सामान’bout कुनै विवरण सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)