प्रधानमन्त्रीज्यू ! अरुका कुरा औँल्याउनेले आफूचाहिँ सुध्रिनु पर्दैन ?
nepalpress.com · Tue Aug 04 06:46:40 GMT 2026

प्रधानमन्त्री पद व्यक्ति, समूह र समुदायको मात्र हुँदैन । मुलुकको प्रधानमन्त्री साझा हुनुपर्छ । यो कसैले भनिरहनुपर्दैन ध्रुव सत्य हो । व्यक्ति र व्यक्तिगत वा समूहगत लाभका लागि आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गर्ने बेइमानी वा अन्य यस्तै यस्तै आचरणका लागि प्रधानमन्त्रीले आफ्नो पद दुरुपयोग गर्दैनन् भन्ने आम जनतामा विश्वास हुन्छ । आर्थिक, राजनीतिक, नीतिगत, सामाजिक र प्रशासनिक जस्ता अनेकौँ आयामहरूमा प्रधानमन्त्रीका गतिविधिहरू निगरानीमा रहन्छन् ।
लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधार भूमि सदाचार प्रधानमन्त्रीको पहिलो प्राथमिकता हो । सामाजिक-आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ भन्ने तथ्यलाई प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई जो कोहीले पनि औँला उठाउनु हुँदैन । सकेसम्म लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य सर्त हो यसलाई प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुल्नु हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)