देवानगञ्ज घटनामा घाइते भएका थप एकको मृत्यु
nagariknews.nagariknetwork.com · Tue Aug 04 06:35:05 GMT 2026

एक साताअघि सुनसरीको देवानगञ्ज वडा नं. ३ को कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
देवानगञ्ज वडा नं. ३ का २१ वर्षे रविन्द्र मेहताको आज बिहान उपचाराक क्रममा मृत्यु भएको हो। मेहताको विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)