भविष्यमा इंग्ल्यान्डको प्रशिक्षक बन्ने बेन स्टोक्सको चाहना
neplays.com · Tue Aug 04 07:10:00 GMT 2026
काठमाडौं : इंग्ल्यान्ड क्रिकेट टोलीका पूर्वकप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छन् । ३५ वर्षीय अलराउन्डर स्टोक्सले 'फर द लभ अफ क्रिकेट' पोडकास्टमा बोल्दै खेल जीवनपछि पनि नेतृत्वदायी भूमिकामा रहन चाहेको बताएका हुन् ।
स्टोक्सले आफू अहिले नै 'लेभल थ्री' कोचिङ कोर्स गरिरहेको जानकारी दिए । 'म खेल्दाखेल्दै कोचिङ कोर्स पूरा गर्न चाहन्छु ताकि जुन दिन म खेल्न छोड्छु, त्यो समयसम्म सबै तयारी पूरा भइसकेको होस्,' स्टोक्सले भने । उनले खेलबाट टाढा रहेर पनि नेतृत्व सम्हाल्ने सोच आफूलाई मन परेको र भविष्यमा इंग्ल्यान्डको प्रशिक्षक बन्न पाउनु आफ्ना लागि गौरवको कुरा हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)