उच्च अदालतमा आजबाट ‘सीएमएस’ प्रणाली लागु
baahrakhari.com · Tue Aug 04 07:24:32 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीश डा.मनोज शर्माको घोषणा बमोजिम उच्च अदालतहरूले इजलासबाट जारी आदेशहरू उही दिन विद्युतीय प्रणालीमा राख्न सुरु गरेका छन् ।
प्रधानन्यायाधीश डा.शर्माको घोषणा अनुसार इजलासबाट हुने आदेशहरू सोही दिन केस म्यानेजमेन्ट सिस्टम (सीएमएस)मा राख्न सबै उच्च र जिल्ला अदालतलाई सर्कुलर जारी भएको थियो । शर्माले संसदीय सुनुवाइ विशेष समितिमा समेत सीएमएस प्रणाली कार्यान्वयनका लागि प्रतिबद्धता जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)