ऐतिहासिक उपन्यास र डायमनशमशेर
baahrakhari.com · Sat Jul 04 03:37:36 GMT 2026

राणाशासनका संस्थापक जंगबहादुर राणाका कान्छा भाइ धीरशमशेरका चौथो पुस्तामा डायमनशमशेर राणा जन्मेका हुन् । धीरशमशेरका १७ छोरामध्ये चौधौँ पुत्र शेरशमशेरका नाति तथा बुधशमशेरका कान्छा छोराको रूपमा डायमनशमशेर राणाको जन्म वि.सं. १९७५ साल असार २१ गते पाल्पा जिल्लाको तानसेनमा भएको थियो ।
डायमनशमशेरका पिता बुधशमशेरको पुर्ख्यौली घर काठमाडौंको थापाथलीमा भए तापनि बुधशमशेर तत्कालीन पाल्पाका बडाहाकिम भएकोले उनी पाल्पामै बस्दथे । बुधशमशेरका चार पत्नी (जेठी खगेन्द्रकुमारी, माहिली गजराजकुमारी, साहिँली मोहनकुमारी र कान्छी चन्द्रकुमारी)मध्ये साहिँली पत्नी मोहनकुमारीका कान्छा छोराको रूपमा डायमनशमशेरको जन्म भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)