स्वास्थ्य–शिक्षा क्षेत्रमा अनशनको लहर
ratopati.com · Tue Aug 04 09:10:00 GMT 2026

काठमाडौँ । स्वास्थ्य–शिक्षा क्षेत्रको दीर्घकालीन समाधानमा सरकार गम्भीर नभएको भन्दै काठमाडौँका विभिन्न स्थानमा अनशन र धर्नाको लहर देखिएको छ । आफ्ना माग सम्बोधनमा सरकारले चासो नदेखाएको भन्दै विभिन्न पक्षले आफ्ना एजेण्डासहित अनशन तथा धर्ना सुरु गरेका हुन् ।
नर्सहरूको श्रम शोषण, इन्टर्न चिकित्सकको पारिश्रमिक र श्रमको सम्मान, स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको विभेद लगायत मुख्य एजेण्डा अघि सारेर अनशन र धर्ना भइरहेको छ । करार तथा ज्यालादारी कर्मचारीहरू स्वास्थ्य सेवा विभागले आफूहरूलाई हाजिरी नगराएको भन्दै मंगलबार धर्नामा उत्रिए । विगतमा पेस गरिएका माग पूरा गर्न सरकारले चासो नदेखाएपछि सङ्घर्षमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)